प्रतिनिधिसभाको आइतबारको पहिलो बैठकको कार्यसूची

२३ फाल्गुन २०७७, आईतवार १७:३४

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको पहिलो बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । हेरफेर गरिएको कार्यसूचीअनुसार बैठकमा सभामुखले राष्ट्रपतिद्वारा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री र गृहमन्त्रीले विभिन्‍न अध्यादेशहरु पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने रहेका छन् ।

यसअघि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने तेस्रो कार्यसूची भएपनि त्यसलाई हटाइएको छ ।

बैठकका कार्यसूची: