ज्येष्ठ नागरिकलाई आज बाट कोरोनाविरुद्धको खोप

२३ फाल्गुन २०७७, आईतवार १६:२७

 

काठमाडौँ । सरकारले आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । आइतबार काठमाडौंका विभिन्न अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको हो ।

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र निजामती कर्मचारीलाई खोप दिइएको थियो ।

बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ । सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।