
काठमाडौं । सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ। विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरी काठमाडौं आउन लागेका छन्।
सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौं आउँदैछन्।
प्रहरीले नवलपरासी पूर्वको देवचुलीबाट स्कर्टिङ गरेर उनलाई ल्याउँदैछन्। बिहान ३ बजे उनी देवचुली आइपुगेका थिए। स्थानीय सहिद परिवारको घरमा केही समय आराम गरेपछि कार्यकर्ताले अबिर लगाएर काठमाडौंका लागि बिदाइ गरेका थिए।
बुधवारबाट सरकारसँग वार्ता शुरु भएकोमा बिहीवार दुई पक्षबीच तीन बुँदे सहमति भएको हो। सहमतिको विस्तृत विवरण राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
