तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन

२० फाल्गुन २०७७, बिहीबार १५:४२

बुटवल । तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले तिलोत्तमामा निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्रीले उक्त भवनको उद्घाटन गरेका हुन् । यससँगै तिलोत्तमा नगरपालिकाले मणिग्राममा नवनिर्मित भवनबाट प्रशासकिय काम कारवाही सञ्चालन गर्ने छ ।

आज उद्घाटन कार्यक्रमका लागि नगरपालिकाको कार्यालय लगायत माताहतका वडा कार्यालयहरु, विषयगत शाखा/कार्यालयहरुबाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सेवाहरु स्थगन गरिएको छ ।