
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
आगामी शुक्रबार दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको सचेतक पुष्पा भुसालले जानकारी दिइन ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने उनले बताइन् । सरकारले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत ११ फागुनमा पुनस्र्थापनाको फैसला सुनाएको थियो ।
सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक २३ फागुनको अपराह्न ४ बजे आह्वान गरेकी छिन् ।
