ललितपुरमा जिपको ठक्करबाट किशोरीको मृत्यु

१९ फाल्गुन २०७७, बुधबार ११:१६

 

काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् ।

आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।