ताप्लेजुङको दोभानमा भीषण आगलागी:पाँच घर जलेर नस्ट

१८ फाल्गुन २०७७, मंगलवार ११:००

ताप्लेजुङ।  ताप्लेजुङको दोस्राे ठूलो बजार दोभानमा भीषण आगलागी भएको छ ।

आगलागीबाट अहिलेसम्ममा पाँच घरजलेका छन् ।

आगो निभाउने प्रयास भए पनि तत्काललाई नियन्त्रणमा आउने सम्भावना कम छ । बिहान आठ बजेदेखि आगलागी हुन सुरु भएको हो ।

मेरिङ गाउँपालिकाको ३ वडामा पर्ने दोभान बजारमा १ सय ५० घर रहेका छन् ।