नायक पल शाह र नायिका मलिका महत्तको जोडी अब फिल्ममा

१७ फाल्गुन २०७७, सोमबार १७:०८

नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका २ वटा भिडियोले तहल्का नै मच्चायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाए । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको छ ।

पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतको भिडियो तयार गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरेको हो । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ । पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ ।