शेयर बजारमा सोमवार केही सुधार

१७ फाल्गुन २०७७, सोमबार १२:३२

काठमाडौँ। शेयर बजारमा सोमवार केही सुधार देखिएको छ ।

सोमवार कारोबार शुरू भएको १ घण्टापछि नेप्से २५ अंकले बढेर २५ सय बिन्दु पार गरेको छ । अघिल्लो दिन अधिकांश समूह राताम्मे देखिएकोमा सोमवार भने म्युचुअल फण्डबाहेक सबै समूह हरियो देखिएको छ ।

कारोबार समय बाँकी रहेकाले अन्तिमसम्म यो ट्रेन्ड कायम रहन्छ कि रहन्न, त्यसका लागि भने ३ बजेसम्म नै कुर्नुपर्ने हुन्छ ।