शनिवार थप ८१ जनामा कोरोना संक्रमण, २ काे मृत्यु

१५ फाल्गुन २०७७, शनिबार १७:११

काठमाडाैं। पछिल्लो २४ घन्टामा देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२८२४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको  हो ।यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार, शुक्रवार ४८  जना संक्रमित  मुक्त भएका छन् ।

हालसम्म संक्रमित हुनेको  संख्या २ लाख ७० हजार ३ सय २५  पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रवार २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ ।