प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ फाल्गुन २०७७, शुक्रबार १२:३८

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ ।

गत फागुन ११ गतेको सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।