बिहीवार ९.९१% बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य

१३ फाल्गुन २०७७, बिहीबार १२:४५

 काठमाडौं । बिहीवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । सवा एक घण्टाको कारोबार अवधिसम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको हो ।

सवा एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४ ले बढेर अन्तिम मूल्य रू. ३७७ पुगेको हो ।

कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता शेयर खरीद माग रहेको छ विक्री कर्ता भने देखिएका छैनन् ।