१ करोड १७ लाख अपचलन गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत पक्राउ

१३ फाल्गुन २०७७, बिहीबार १२:२४

काठमाडौं। कीर्ते गरी राष्ट्रिय वाणिज्य बैंकबाट सवा करोड रूपैयाँ निकाल्ने मालपोतका कर्मचारी पक्राउ परेका छन्।

मालपोत कार्यालय भरतपुर चिवतनमा कार्यरत लेखा अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार तारकेश्वर नगरपालिका–६, काठमाडाैंबाट पक्राउ गरेको हो।

परियारसमेतका व्यक्तिको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय भरतपुरमा बैंकको छाप, कर्मचारीको हस्ताक्षर कीर्ते गरेर १ करोड १७ लाख २४ हजार ५ सय ३८ रूपैयाँ निकालिएको थियो।

लिखतसम्बन्धी कसुर गरी सरकारी रकम अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान सुरु भएको सिआइबीका प्रवक्ता गंगा पन्तले बताइन्।