सुनको भाउ ५ सय रुपैयाँले घट्यो

१३ फाल्गुन २०७७, बिहीबार १२:१८

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।

तोलामा आज चाँदीकाे भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।