अमेरिकी राष्ट्रपति वाइडनले भने, ‘ हामी नेपालसँग सुदृढ सम्बन्ध चाहन्छौँ

१२ फाल्गुन २०७७, बुधबार १७:४९

अमेरिकाले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएको छ । बुधबार अमेरिकाका राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँग  सुदृढ सम्बन्ध चाहेको बताउनु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

अमेरिकी बिदेश मन्त्रालयमार्फत नेपालका राजदूत डा।युवराज खतिवडाले पठाउनु भएको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति वाइडनले जवाफमा यस्तो बताउनु भएको हो ।

अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति वाइडनले नेपालसँग साझा एजेण्डाको आधारमा सम्बन्धलाई बनाउन चाहेको बताउनु भएको हो । त्यस्तैगरी राजदूत खतिवडाले पनि अमेरिकाले गर्दै आएको सहयोगहरु प्रति नेपालका तर्फबाट आभार व्यक्त गर्नुभयो ।