
काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएका छन्।
उक्त अवधिमा तीन हजार छ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ।
कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६६ जनाको मृत्यु भइसकेको छ।
