नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बस्दै

१२ फाल्गुन २०७७, बुधबार १५:४२

काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बस्दैछ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सबै सांसदलाई अनुरोध गरिएको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रचण्ड नेपाल समूहले राजनीतिक भेटवार्ता र छलफललाई अगाडि बढाएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् ।

सर्वोच्चको निर्णयपछि प्रचण्ड र नेपाल सत्ता गठबन्धनका लागि छलफलमा जुटेका छन् । बुधबार मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।