तोलामा तीन सयले घट्यो सुन

१२ फाल्गुन २०७७, बुधबार १२:३१

काठमाडौं। स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ। तोलामा एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो। यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार  भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ।