आज सम्माननीय प्रधानमन्त्री ओलीले ७० औं जन्मोत्सव मनाउनुभयो

११ फाल्गुन २०७७, मंगलवार १६:३१

काठमाडौं। प्रधानमन्त्री ओलीले मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा ७०औं जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्ना परिवारका सीमित सदस्यहरुसँग जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्री ओलीको जन्मोत्सब कार्यक्रममा बुवा मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्यलगायत केही आफन्तहरु उपस्थिति रहेको बताइएको छ ।

वि.सं. २००८ साल फागुन ११ गते प्रधानमन्त्री ओली तेह्रथुममा जन्मिनुभएको हो ।