चुनावका लागि तीन दिन सीमा बन्द गरिने

४ मंसिर २०७४, सोमबार ०४:४१

मंसिर ४, काठमाडौं । सुरक्षाको दृष्ट्रिकोणले संवृदनशील भारतसँग जोडिएका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने भएको छ ।

 

अगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै सो क्षेत्रका नाकाहरु बन्द गरिन लागेको हो । त्यस्तै भारतको उत्तर प्रदेशमा मंसिर १३ गते हुने स्थानीय तह निर्वाचन अघि पनि तीनै जिल्लाका वसीमा नाका मंसिर १२ र १३ गतेका लागि बन् गर्ने सहमति भएको रुपन्देहीका सायक प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मीले जानकारी दिए ।  उनले निर्वाचनलाइृ दृष्टिगत गरि नेपाल भारतको सुरक्षा समितिको नियमित बैठकमा दुवै देशका अधिकारीहरुबीच सीमा नाका बन्द गर्ने लगायत विभिन्न निर्णयहरु भएको बताए । उनका अनुसार नेपाल भारतको दुबै देशका नागरिकता लिएका व्यक्तिहरु उपर निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारवाही गर्ने, खुल्ला सीमााका कारण निर्वाचनको समयमा हातहतियारको ओसारप्रसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाईका साथ चेकजाँच गर्ने, नाकाबाट हुने लागूपदर्थको ओसारप्रसारलाई नियन्त्रण गर्ने निर्णय भएको छ ।

 

त्यस्तै निर्वाचनलाई लक्षित गरि सीमाबाट अपराध नियन्त्रण गर िसीमाबाट दुबै देशको सुरक्षाकर्मीहरुको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतका निर्णयसमेत भएको सहयक प्रजिअ रेग्मीले बताए ।  सीमा बन्द भएको अवस्थामा घटना हेरेर आपतकालीन अवस्थामा रहेका व्यmि, विरामी, विदेशी पर्यटकहरुलाई आवातजावतमा रोक नलगाईने उनले बताए ।    सीमा बन्द रहेको अवस्थामा यदि विरामी, नाकामा अलपत्र परेका विदेशी पर्यटक जस्ता कोही आपतकालीन अवस्थामा रहेको जानकारी प्राप्त भएमा घटना हेरेर त्यसका लागि आवातजावतमा रोक नलगाईने व्यवस्था मिलाएका छौं । उनले भने । आपतकालीन अवस्थामा सीमाबाट आवातजावत गर्नुपरेमा सम्बन्धीत जिल्लाको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

 

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, साहयक प्रजिअ शम्भुप्रसाद रेग्मी, संघीय नवलपरासीका प्रजिअ उदय बहादुर राणा मगर, कपिलबस्तुका साहयक प्रजिअ रामेश्वर अर्याल, इकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख एसएसपी दिपक थापा, भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर जिल्लाका डिए, एसडीमको उपस्थिति रहेको थियो । –प्रभाव दैनिक