काठमाडौँ। रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम चर्चित टेलिभिजन प्रस्तोता सुरु गर्ने भएका छन् ।
सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले मंगलबार विहान ११ः४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन् ।
यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए ।
न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ ।