सोमबार नेपालमा  थप १२५ कोरोना भाइरस संक्रमित

१० फाल्गुन २०७७, सोमबार १८:२४

काठमाडौं । सोमबार नेपालमा  थप १२५ कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ३ हजार ६ सय ८१ जनाको पिसिआर परिक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ।