आज नेप्से परिसूचक ३२ अंकले घट्याे

१० फाल्गुन २०७७, सोमबार १५:३७

 

 

काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो ।

सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा चमक देखिएको छ । नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ ।