
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
साताको कारोबारको पहिलो दिन छापावाला सुन तोलामा आज ८०० ले वृद्धि भएर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७५० मा कारोबार भएकामा आज ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धाण भएको छ ।
चाँदी तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार ३०५ रुपैयाँमा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।
