
काठमाडौं । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ट्रिपल सेभेन जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो ।
आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।
विमानमा चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालीन अवस्थामा अवतरण गराइएको थियो ।
आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो ।
