प्रधानमन्त्रीविरुद्ध विराटनगरमा नाराबाजी

८ फाल्गुन २०७७, शनिबार १६:०४

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नाराबाजी भएको छ ।

प्रम ओली विराटनगरको एयर्पोर्ट पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा पुगेपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन् । ओली दुई वर्षपछि विराटनगर पुगेका हुन् ।

आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ । प्रधानमन्त्री ओली आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री ओलीको सुरक्षामा चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।