
काठमाडौँ। पूर्व सभामुख सुवास नेम्बाङले लेसंसद विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा अहिले केही नबोल्ने बताएका छन्।
नेकपा ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले यस विषयमा अदालतको फैसला आएको भोलिपल्ट बोल्ने बताएका हुन्।
तर प्रधानमन्त्री ओली अदालतबाट संसद विघटन सदर हुनेमा विश्वस्त रहेको उनको भनाइ छ।
उनले भने, ‘तपाईहरुलाई सर्वोच्च अदालतको फैसला के होला भन्ने जिज्ञासा होला। म आफू आफ्नो कुरा भन्दिनँ। अदालतले फैसला गरेको भोलिपल्ट भन्छु। अहिले यति भन्छु, प्रधानमन्त्री सयमा दुईसय प्रतिशअअत संसदको विघटन फिर्ता हुँदैन, त्यो अदालतबाट समर्थन हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ। प्रधानमन्त्री ज्यूमाथि मलाई साह्रो विश्वास छ। यति नै भन्छु म।’
