म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर १ महिलाको मृत्यु

७ फाल्गुन २०७७, शुक्रबार १७:३९

एजेन्सी। म्यान्मारमा सैन्य ‘कू’ विरुद्धको प्रदर्शनका क्रममा म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर १ जना महिलाको मृत्यु भएको छ ।

गतसाता प्रहरीले हानेको गोली टाउकोमा लागि घाइते भएकी २० वर्षीय युवती म्या थ्वे थ्वे खाइङको मृत्यु भएको बीबीसीले जनाएको छ।

प्रहरीले प्रदर्शनकारीको भिडलाई तितरवितर पार्न पानीको फोहरा, रबर र लाइभ गोली प्रहार गरेका थिए।

अधिकारकर्मीका अनुसार ती युवती लाइभ गोली नै लागेर घाइते भएकी हुन्।

१० दिनअघि गोली लागेर घाइते भएकी उनी अस्पतालमा उपचाररत् थिइन्।

म्यान्मारमा सेनाले निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेपछि त्यहाँ निरन्तर आन्दोलन जारी छ।