हत्या भएको १७ औं दिनमा आज दाहसंस्कार हुँदै

७ फाल्गुन २०७७, शुक्रबार १३:४२

काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परिवारले बुझेको छ।

जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

शव बुझेपछि गोठालपानीमा शव यात्रा भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए।
शवयात्रापछि महाकाली नदीस्थित आर्यघाटमा भागरथीको शव अन्त्येष्टि गरिने भएको छ।