मासु खानुअघि यस्ता कुराहरुमा ध्यान दिनुहोस

७ फाल्गुन २०७७, शुक्रबार १२:५५

काठमाडौँ। मासु खानु स्वास्थ्को लागि राम्रो भएपनि  एउटा जवान मानिसले दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो हो । मानिसको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिनको आवश्यक हुन्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु :-

-मासु हप्तामा एक चोटि मात्र  खाने ।

-मासु पकाउदा राम्रोसँग पकाउने ।

-मासुसँग-सँगै फाइबर वा रेसादार खाद्यपदार्थ खाने ।

-रेष्टुरेन्ट वा बाहिर खाँदा जथाभावी तेलमा पकाएकाे हुन्छ त्यसैले सकेसम्म घरमै मासु खाने ।

-मासु पकाउँदा तेल ठिक मात्रामा लगाउने ।

-ग्याष्ट्रिकले नसताओस भन्नका लागि सकभर उसिनेको वा रेसायुक्त मासु खाने ।

-छाला नखाँदा स्वास्थ्यका राम्रो हुन्छ ।

-ताजा र सफा मासु किन्ने

-मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि खाने

-मासु पोलेर नखाने