आज काठमाण्डाै उपत्यकाकाे मौसम सफा रहने

७ फाल्गुन २०७७, शुक्रबार ११:१४

काठमाण्डाै। आज काठमाण्डाै बाहेक पहाडका एक-दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डाै र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् ।