पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट तीन जनाकाे ज्यान गयाे

६ फाल्गुन २०७७, बिहीबार १७:२४


काठमाण्डाै। कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ। अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै थप एक सय ११ जना निको भएसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको छ । अहिले नेपालमा एक हजार ६ सय तीन जना आइसाेलेशनमा रहेका मन्त्रालयले जनाएकाे छ ।