बागलुङमा अन्धाधुन्ध कोदालो प्रहारबाट एक जनाको ज्यान गयो , ५ घाइते

४ फाल्गुन २०७७, मंगलवार १२:२२

बागलुङ।  बागलुङमा कोदालो प्रहारबाट एक जनाको ज्यान गएको छ । सोमबार मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानको कोदालो प्रहार बाट गम्भीर घाइते भएका काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासाका ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो।

किसानले आईतबार रातीदेखि नै कोदालो, आँसी, बन्चारो समातेर सबैलाई मार्छु भन्दै हिडिरहेको थाहा पाएपनि सोमबार विहान घरमा पुगेर बाहिर बोलाउँदै सिधै कोदालो प्रहार गरि घाईते गराएको स्थानिय पौडेलले बताए ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।