
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ४१ जनाको नमुना पीसीआर परीक्षण गर्दा १२२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने मध्ये ४२ महिला र ८० जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १४४ जना कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार २०४ पुगेको छ ।
नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ ।
