आज पनि सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

३ फाल्गुन २०७७, सोमबार ११:१४

काठमाडौँ। आज सोमबार पनि सुनको भाउमा गिरावट आएको छ ।

हिजो प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।