झपामा दुई पुरुषद्वारा एक युवा बलात्कृत

३ फाल्गुन २०७७, सोमबार ०९:५९

झापा । महिला बलात्कृत भएको घटना दिनहुँजसो आइरहँदा झापामा भने दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् । झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका छन् ।

कनकाई नगरपालिका वडा नं ६ का १९ वर्षीय पारस तामाङ र वडा नं ७ का २१ वर्षीय विनोद टुडुले वडा नं ७ का ३० वर्षीय पुरुषलाई शनिवार बेलुकी ७ बजेतिर खोला किनारमा लगी बलात्कार गरेका हुन् । पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुव्र्यवहारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।