इतिहासले बाबुरामजी र मलाई अलग हुन दिँदैन : प्रचण्ड

२ फाल्गुन २०७७, आईतवार ०९:४०

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन।

‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौँ, तर फेरि मुद्दाको हिसाबले हामी एउटै मोर्चामा छौँ र इतिहासको कर्मले हामी अलग हुन खोज्दा पनि फेरि चुम्बकले तानेजस्तो हाम्रो कर्मले नजिक ल्याई नै राखेको छ, हामीलाई अलग हुन दिँदैन,’ प्रचण्डले भने, ‘ती हजारौँ सहिदहरूले, घाइतेहरूले, अपांगहरूले, बेपत्ता योद्दाहरूले हामीलाई अलग हुन दिँदैनन् । त्यतिवेलाका हाम्रा उदाप्त विचार, मानवीय संवेदना र अनुभूतिको तीव्रताका सबै दृष्टिले उच्चता छोएका ती दिनहरूले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेको छ ।’