गुहेश्वरी नजिकै वागमती नदीमा शव फेला

१ फाल्गुन २०७७, शनिबार २०:३३

काठमाडौं । काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वागमती नदीमा पुरुषको शव फेला परेको छ ।

काठमाडौं–७ मैजुबहाल बस्ने श्रेष्ठको शव घोप्टो परेर डुबेको अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

दरबारमार्ग स्थित एक ट्राभल एजेन्सीमा काम गर्ने रजुनमान हरेक बिहान गाडी चलाउन सिक्न गुहेश्वरी करिडोरमा जान्थे । शनिवार लामो समय नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।