
काठमाडौँ । स्वास्थ्य उपचारका लागि शुक्रवार नेपाल एयरलाइन्सको विमानबाट पूर्व प्रधानमन्त्री एवं प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली उडेको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए।

उपचारका क्रममा खनाल चार दिन दिल्लीमा रहने छन् भने सोमबार काठमाडौँ फर्कने कार्यक्रम छ ।
चीनमा क्वारेनटिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।
