धादिंग । धादिंग जिल्लाको धुनीबन्सीको खानिखोलामा आज ट्रक र मोटरसाइकल आपसमा ठोक्किएपछि दुई व्यक्तिको मृत्यु भएको छ। काठमाडौं जाँदै गरेको मोटरसाइकल (प्रा ३ ०२००९ प ८२३०) र विपरीत दिशाबाट आएको (ना १ ख ६५४७) नम्बरको ट्रकले ठक्कर दिदा नगरपालिका ५ नीलकण्ठ निवासीका ६० वर्षीय बलराम अधिकारी र उनका ३० वर्षीय छोरा डा. सुरेश अधिकारीको मृत्यु भएको हो।
उक्त घटनापछि मोटरसाइकलमा आगो लाग्यो र दुईजना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय धादिंगका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार उनका दुईजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

धादिंग । धादिंग जिल्लाको धुनीबन्सीको खानिखोलामा आज ट्रक र मोटरसाइकल आपसमा ठोक्किएपछि दुई व्यक्तिको मृत्यु भएको छ।