
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको भाउ सिलिन्डरमा २५ रुपैयाँ र पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब उपभोक्ताले एक लिटर पेट्रोलको मूल्य ११२ र डिजेल र मटटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १ हजार ४०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
