
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चालु आव २०७७/७८ को ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी र फलफूलको कारोबार भएको छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कअनुसार एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोबार भएको छ । मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बिउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोबारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
