फेरि बढे साउदीमा कोरोना संक्रमित, भीड हुने ठाउँमा एक महिना प्रतिबन्ध

२७ माघ २०७७, मंगलवार १०:३३

साउदी अरेबिया । कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढिरहेकै बेला पुनः चेतावनी दिएको छ । विगत केही दिनदेखि साउदी अरेबियामा पनि कोरोना संक्रमित थपिँदै गएका छन् ।

केहीदिन देखि साउदी अरेबियामा कोरोना संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दै गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

साउदी अरेबियामा सोमबार साढे ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि सोमबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या २ सय ९८ जना रहेको छ । कोरोना संक्रमणले गर्दा साउदी अरेबियामा सोमबार चार जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।