नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुल्यो

२६ माघ २०७७, सोमबार १३:४१

काठमाडौं । नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो । प्राधिकरणको बैठकले उक्त निर्णय पास गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले यसअघि फाइभजीको फ्रिक्वेन्सी अध्ययन गर्न राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन समिति समेत गठन गरेको थियो । समितिले दिएको सिफारिसका आधारमा प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको हो ।

अब प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्ने र समितिले फ्रिक्वेन्सी तोक्ने जनाइएको छ ।