
दाङ । दाङ जिल्लाको वंगलाचुली गाउँपालिकाको प्रथम आवधिक योजना आ.व.२०७७/०७८-२०८१/८२ सम्वन्धी प्रारम्भिक छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका जनप्रतिनिधि, स्थानिय राजनीतिक दलका प्रतिनिधि, स्थानिय जनताको उपस्थितिमा भएको कार्यक्रममा गाउँपालिकाको अध्यक्ष श्री भक्तबहादुर वोलिको अध्यक्षतामा भएको थियो। उपाध्यक्ष यमुना घर्तिमगर त्यसैगरि वडा अध्यक्षहरु १ का ,पदम खत्री ,२ का मेघबहादुर राना ,३ का शोभराज विश्वकर्मा ,४ का नारायण डाँगी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु डोमाकान्त कवर (नेकपा वंगलाचुली) , जागेश्वर अधिकारी सभापति नेता मानबहादुर घर्ती राप्रपा नेपाल र सुर्यबहादुर खत्री रा.ज.मो बाट उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री नेववहादुर वलीको स्वागत तथा आवधिक योजना सम्वन्धमा आफ्ना भनाई राख्नु भएको थियो।

उक्त कार्यक्रम नेपाल सरकार अर्थ मन्त्रालयका उपसचिव निरन भट्टराई प्रधानमन्त्री कार्यलयका सुरथ पोखरेल र कृषि तथा पशुपन्छी मन्त्रालयका जगत प्रसाद भुसालले आवधिक योजनाको सम्वन्धमा प्रस्तुतिकरण दिदै आफ्ना भनाइहरु राख्नु भएको थियो।
उक्त छलफल तथा सुझाब संकलन सम्वन्धि कार्यक्रमको प्रस्तुतकर्ता अतिथी इन्टरनेशनल कन्सलटेन्सि नयाँबानेश्वोर काठमाडौं रहेको थियो ।
