काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना विरूद्ध खोप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको कुराकानीमा चीनका विदेशमन्त्री वाङ यीले ५ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो ।
