
नवलपरासी। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार ५ वटा चोरीका मोटरसाइकल सहित ५ जनालाई पक्राउ गरेको छ ।
चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए ।
उनीहरुसँग बरामद भएका मोटरसाइकलहरुमा लु ६४ प ६३५७ को बुलेट, अन टेस्ट रोयल इन्फाईड बुलेट, लु ४० प ८९११ को सुपर स्प्लेन्डर, लु ४० प८२७७ को एफजेट र लु १५ प ६१४८ को डिलक्स मोटरसाइकल रहेका छन् । पक्राउ परेकालाई चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
