७७ वटै जिल्लामा आज कांग्रेसको विरोध र्‍याली

२४ माघ २०७७, शनिबार १३:३४

 

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज ७७ वटै जिल्लामा एकसाथ विरोध तथा प्रदर्शन गर्ने भएका हुन् ।

कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले आइतबार नै संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकमा संयुक्त अपिल गरिसकेका छन् । प्रदर्शनमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका १३ विभिन्न भ्रातृ संगठनहरूले नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । उनीहरूले स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै विरोधसभा गर्ने बताइएको छ ।

कांग्रेसले तेस्रो चरणको आन्दोलनअन्तर्गत नै २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० माघमा सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।