काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।
जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने उनले बताए। कमिटीले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना पोखरेलको दाबी छ।
१२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
