
काठमाडौं । कोटेश्वर-जडिबुटी खण्ड अवरोध गर्दै प्रहरी। कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो। ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ। प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ।
बुधबार गृह मन्त्रालयले बन्दका क्रममा शान्ति-सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने भनेको थियो। तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अवरोध पुर्याएका छन्। दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै फर्काइएको छ। भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन।
कोटेश्वरमा अवरोध आएको छ, हामी हटाउने प्रयासमा छौं,’ परिसर प्रवक्ता रमेश बस्नेतले भने। कोटेश्वर चोकमा बन्दकर्ताहरू जम्मा भएर नाराबाजी गरिरहेका छन्।

